खाेज्नुहाेस

खेलकुद महासघं कैलाली जिल्ला कमिटी अध्यक्षमा भण्डारी

Image

धनगढी – नेपाल खेलकुद महासघं कैलालीको अध्यक्षमा महेन्द्र भण्डारी सर्बसम्मत चयन भएका छन् । आइतबार सम्पन्न जिल्ला कमिटिको तेश्रो अधिवेशनबाट भण्डारीको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि सर्बसम्मत रुपमा चयन गरिएको हो । महासघं कैलालीको उपाध्यक्षमा दिनेश सिहं कडायत र इसारा देवकोटा चयन भएका छन्, भने सचिवमा कृष्ण प्रसाद ओझा चयन भएका छन् ।

navjiwan hospital

कोषाध्यक्षमा हरेन्द्र नाथ, सह–सचिवमा उमाकान्त भट्ट् र अर्जुन थापा चयन भएका छन् । सदस्यहरुमा करुणा बडुवाल, शन्तोस बि.सी, अशोक शाही, हरिश धित्त, मनिस सावद, चन्द्रा सावद, यादव थापा र मनोज ठगुन्ना चयन भएका हुन् ।

attariya hospital

नेकपा एमाले निकट जनबर्गिय सगंठन रहेको खेलकुद महासघं कैलालीको अधिवेशन आयोजक कमिटि सयोंजक समेत रहेका महेन्द्र भण्डारीको अध्यक्षमा आयोजित अधिवेशनको नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका सुदुरपस्चिम इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए ।