खाेज्नुहाेस

पिएफए भेट्रान्स कप सुरु, नगर प्रमुख भट्टले गरे उद्घाटन

Image

अत्तरिया – कैलालीको अत्तरियामा पिएफए भेट्रान्स कपको छैटौँ संस्करण सुरु भएको छ । आइतबार गोदावरी नगरपालिका – २ मा रहेको सशस्त्र प्रहरीले खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले ब्याटिङ गर्दै उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै भट्टले समाजको समग्र विकासका लागि खेलकुदको पनि विकास हुन आवश्यक रहेको बताए ।

उनले गोदावरीले खेलकुदलाई प्राथमिकता दिएर नगरका बाह्रै वडामा कार्यक्रम गरिरहेको बताए । उनले हरेक वडामा धेरै क्लब भएकाले सबैलाई सहयोग गर्न सक्ने अवस्था नभएकाले एक वडा एक नमुना खेल मैदान सुधार गर्ने नीति अनुसार अगाडि बढ्न आवश्यक रहेको बताए ।

add everest academy
attariya hospital

‘अहिले तिर चार वडामा आर्थिक वर्ष २०८२/०८३ मा बजेटिङ पनि गर्दै छौ । एउटै वडामा २५ वटा क्लब छ भने भने सबै क्लबको प्रतिनिधित्व हुने गरी योजना बनाऔँ’ उनले भने ‘मेरो पायक, मेरो घर नजिक भन्नुहुन्छ भने हुँदैन, उपयुक्त ग्राउन्ड कहाँ छ त्यहाँ बनाऔँ ।’ उनले हाल यसै किसिमले २ वडाको बजेट स्टमेट भएको बताए ।

navjiwan hospital

उनले सुदूरपश्चिमको फप्लामा ठुलो खेल मैदान बनिरहेको बताउँदै त्यो भन्दा बढी जमिन मालाखेतीमा भएकाले त्यसलाई पनि विकास गर्न सकिने बताए ।

उनले गोदावरी अन्तर्राष्ट्रिय रङ्गशालाका नामले अगाडि बढाउने निर्णय गरेर क्यानका अध्यक्षले पनि अवलोकन गरेको बताए । उनले मालाखेतीको मैदानमा असार भित्र ३ वटा पिच निर्माण हुने बताए । असार ७ गतेसम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कार एक लाख मेडल ट्रफि प्रमाण–पत्र रहेको छ भने द्वितीय पुरस्कार पचास हजार नगद मेडल प्रमाण–पत्र रहेको छ ।

attariya technical collage

त्यस्तै म्यान अफ द सिरिजलाई नगद पन्ध्र हजार, ट्रफि प्रमाण–पत्र उपलब्ध गराइनेछ भने ब्याट्स म्यानलाई नगद दस हजार ट्रफि प्रमाण–पत्र र वेस्ट बलरलाई नगद दस प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई दुई हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । वनखेतस्थित सशस्त्र प्रहरीको खेल मैदानमा भइरहेको प्रतियोगिताको मुख्य प्रवद्र्धकमा गोदावरी नगरपालिका रहेको छ ।

Karma Consultancy