अत्तरिया– कैलालीको अत्तरियामा आयोजना हुने पिएफए भेट्रान्स कपको ट्रफि सार्वजनिक गरिएको छ । अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबको आयोजनामा यही जेठ २५ गतेदेखि आयोजना हुने भेट्रान्स कपको छैठौ संस्करणको ट्रफि सार्वजनिक गरिएको हो ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले विजेता टोलीले पाउने ट्रफि सार्वजनिक गरेको छ । ट्रफि विजेताले एक लाख पुरस्कार पनि पाउने छन् । टी–२० फम्र्याटमा खेलाइने प्रतियोगितामा उपविजेता टिमले नगद ५० हजार सहित ट्रफी पाउने छन् । असार ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिम सहभागी हुने आयोजकले बताएको छ ।


प्रतियोगितामा ३२ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिहरू मात्रै सहभागी हुन पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ ।
यस्तै वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई समान नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजक ले जनाएको छ । प्रतियोगिता को प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।यसअघि अक्सन मार्फत खेलाडीहरू खरिद गरिएको भेट्रान्स प्रतियोगितामा यो वर्ष भने टिम नै सहभागी बनेका छन् ।



















