खाेज्नुहाेस

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र : एउटा दीर्घकालीन योजनाको शुभारम्भ

Image


अत्तरिया – सुदूरपश्चिमको प्रवेशद्वार मानिने गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सम्पन्न भई औपचारिक रूपमा उद्घाटन गरिएको छ। नेपाल सरकारका उप–प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाश मान सिंहले बिहीबार एक विशेष कार्यक्रमबीच परियोजनाको समुद्घाटन गरे।

उपप्रधानमन्त्री सिंहले गोदावरीमा सञ्चालनमा आएको यो केन्द्र सुदूरपश्चिमकै पहिलो ठूलो परियोजना भएको जनाउँदै, यसको दीर्घकालीन सोचका साथ निर्माण गरिएको बताए। ‘आज ठूलो लागे पनि भोलि अझै विस्तार गर्नुपर्ने अवस्था आउन सक्छ’, उनले भने, ‘यसको रूपरेखा भविष्यलाई ध्यानमा राखेर तयार गरिएको हो।’

add everest academy
attariya hospital

सिंहका अनुसार, फोहोरमैला व्यवस्थापनको अवधारणामा स्रोतमै फोहोर घटाउने, पुनःप्रशोधन र पुनःप्रयोगलाई प्राथमिकता दिइएको छ। साथै, निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै न्यूनतम नाफाका आधारमा व्यवस्थापन गरिनेछ। निर्माण व्यवसायीले तीन वर्ष सञ्चालन गरेपछि केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिने व्यवस्था छ।

navjiwan hospital

सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले केन्द्रमा दैनिक १३ मेट्रिक टन ठोस फोहोर र १३ घन मिटर दिसाजन्य फोहोर व्यवस्थापन गर्न सकिने जानकारी दिए। उनले गोदावरीको परियोजना सुदूरपश्चिममै सम्पन्न भएको पहिलो एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र भएको उल्लेख गर्दै, कञ्चनपुरको शुक्लाफाँटा र कैलालीको धनगढीमा यस्तै परियोजनाहरू निर्माण हुँदै गरेको जानकारी दिए।

attariya technical collage

गोदावरी नगर प्रमुख वीरेन्द्र भट्टले थुप्रै चुनौतिका बिच परियोजना समयमै सम्पन्न हुनु गौरवको विषय भएको बताए। उनले गोदावरी नगरपालिकाको फोहोर मात्रै पुग्ने अवस्था नभएको उल्लेख गर्दै, धनगढी, गौरीगंगा, कृष्णपुरजस्ता छिमेकी नगरपालिकाहरूको फोहोर व्यवस्थापन गर्न तयार रहेको बताए।

परियोजना एसियाली विकास बैङ्कको ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत सञ्चालन गरिएको हो। कुल लागत ५१ करोड ६९ लाख रुपैयाँभन्दा बढी रहेको यस केन्द्रको निर्माण चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले गरेको हो। २०७९ असोजमा सम्झौता भई तोकिएको म्यादमै निर्माण कार्य सम्पन्न गरिएको हो।

Karma Consultancy

केन्द्रमा साढे दुई किलोमिटर लामो पहुँचमार्गको निर्माण गरिएको छ भने फोहोर वर्गीकरण गरी कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्ने र रिसाइकल हुने फोहोरलाई बिक्री गर्ने व्यवस्था गरिएको छ। यसले वातावरण संरक्षणमा टेवा पुर्याउनुका साथै स्थानीय कृषकलाई जैविक मल उपलब्ध गराउने अपेक्षा गरिएको छ।