खाेज्नुहाेस

अत्तरियामा भेट्रान्स कपको छैठौ संस्करण आयोजना हुने 

Image

अत्तरिया– कैलालीको अत्तरियामा पिएफए भेट्रान्स कप आयोजना हुने भएको छ । अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबको आयोजनामा यही जेठ २५ गतेदेखि भेट्रान्स कपको छैठौ संस्करण सुरु हुने भएको हो ।

मंगलबार आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ । असार ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पिएफए स्पोट्र्स क्लबका महासचिव सिद्ध बोहराले जानकारी दिए ।

add everest academy
attariya hospital

उनले प्रतियोगितामा ६ वटा टिम सहभागी हुने बताए । टी–२० फम्र्याटमा खेलाइने प्रतियोगितामा एलबिडब्ल्यु बाहेक अन्य सबै आइसिसीका नियमहरू लागू हुने बोहराले बताए । प्रतियोगिता लिग कम नकआउट चरणमा खेलाइने उनले बताए । उनका अनुसार ३२ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको प्रत्येक खेलमा ४ जना ३२ वर्ष उमेर समूहका र वाकी ३५ वर्ष भन्दा माथिका खेलाडीहरू राख्न पाइने आयोजक ले जनाएको छ ।

navjiwan hospital

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १५ हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ । यस्तै वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई समान नगद  १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजक ले जनाएको छ । प्रतियोगिता को प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने बताइएको छ ।

यसअघि अक्सन मार्फत खेलाडीहरू खरिद गरिएको भेट्रान्स प्रतियोगितामा यो वर्ष भने टिम नै सहभागी बनेका छन् । अक्सन मार्फत प्रतियोगिता र खेलाडीहरूलाई व्यावसायिक बनाउन खोजिएकोमा यो वर्ष व्यवस्थापनमा केही समस्या भएका कारण निरन्तरता दिन नसकिएको क्लबका संस्थापक अध्यक्ष सन्तोष भट्टले बताए ।

attariya technical collage

उनले यस अघिका संस्करणबाट अत्तरिया लाई चिनाउने काम गरिएकोमा अब भने अत्तरियामा रङ्गशाला निर्माणका लागि दबाब दिने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिने बताए । त्यति मात्रै नभई आफ्नो क्षेत्रबाट आर्थिक, सामाजिक र भौतिक रूपमा पनि रङ्गशाला निर्माणमा प्रतिबद्धताको प्रतीक का रूपमा प्रतियोगितालाई लिन सकिने उनको भनाइ छ ।

Karma Consultancy