अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले २०८४ भित्र अत्तरिया – गोदावरी सडक ४ लेनमा बिस्तार हुने बताएका छन् । शनिवार गोदावरी नगरपालिका – १ पृथ्वीनगरटोमा रहेको शिव मन्दिर प्राङ्गणमा बाल उद्यानको उद्घाटन गर्दै उनले धार्मिक क्षेत्र जोड्ने गोदावरी सम्मको सडक ४ लेनमा बिस्तार हुने बताएका हुन ।
उनले २०८४ मा हुने महाकुम्भ अघि नै यो सडक विस्तार हुने बताए । ‘२०८४ मा यहाँ महाकुम्भ लाग्दै छ । त्यसअघि गोदावरी जाने सडक ४ लेनमा विस्तार गर्ने क्रममा अघि बढेका छौ’ उनले भने ‘हाल नाली निर्माणको काम भइरहेको छ । यहाँ महाकुम्भमा देश विदेशबाट पनि मानिसहरू आउने हुन । २०८४ सम्म यसलाई ४ लेन बनाउन सके सबैलाई सहज हुन्छ ।’ उनले गोदावरी धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने नीतिका साथ अगाडि बढेको बताए ।

गड्डाचौकी अत्तरिया सडक अत्तरियाबाट पनि सुरु हुनुपर्छ

मेयर भट्टले यस पटकको बजेटमा परेको गड्डाचौकी अत्तरिया सडकको काम अत्तरियाबाट पनि सुरु हुनुपर्ने बताए । उनले यसका लागि प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सँग कुरा गरेको बताए ।
‘यो सडकलाई चौडा गर्ने भनेर सङ्घीय सरकारले बजेट एलोकेटेड गरेको छ । यो कुरा सुनेपछि मैले वीर बहादुर बलायर, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा सँग कुरा गरेर धन्यावाद दिए’ उनले भने ‘यो सडक गड्डाचौकीबाट सुरु गर्दा यहाँ पुग्न तिन चार वर्ष लाग्छ त्यसैले अत्तरियाबाट पनि काम सुरु होस भनेर अनुरोध गरेको छु ।’
भिडियो




















