खाेज्नुहाेस

अत्तरियामा बाल उद्यान निर्माण

Image

अत्तरिया – कैलालीको अत्तरियामा बाल उद्यान निर्माण गरिएको छ । गोदावरी नगरपालिका – १ पृथ्वीनगरटोमा रहेको शिव मन्दिर प्राङ्गणमा बाल उद्यान निर्माण गरिएको हो ।

उद्यानको शनिवार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन् । उद्यानको उद्घाटन गर्दै उनले मन्दिरमा बालबालिका खेल्न पाउने भएकाले यसले मन्दिरको पनि राम्रो देखिने बताए । उनले मन्दिर निर्माणले यस क्षेत्रको जग्गा अतिक्रमण हुन बाट पनि जोखिएको बताए । उनले मन्दिर परिसरमा नगरपालिका पोखरी निर्माण गरिदिने बताए ।

attariya hospital

उद्यान प्रदेश सरकारको ५ लाखको लागतमा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्म राज भट्टले बताए । यस्तै पार्क तथा मन्दिर घेरबारका लागि वडा नम्बर १ बाट ७५ हजार विनियोजन गरिएको थियो । यस्तै पार्कका लागि ३४ टिप्पर ग्राभेल र फिल्ड सम्म्याउन नगरपालिकाको कार्यालयले सहयोग गरेको अध्यक्ष भट्टले बताए ।

navjiwan hospital

१५ किलोको मालाले सम्मान

पार्क उद्घाटन सँगै आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभामा नगरप्रमुख वीरेन्द्र भट्टलाई सम्मान गरिएको थियो । कार्यक्रममा पृथ्वीनगर आमा समूहले मेयर भट्टले मन्दिर, पार्क निर्माणमा सहयोग गरेको भन्दै १५ किलोको मालाले सम्मान गरेका थिए ।

८४ भित्र अत्तरिया – गोदावरी सडक ४ लेनमा विस्तार हुन्छ : मेयर भट्ट