धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमैया, कमलरीहरुको मुक्तिसँगै उनीहरुको ब्यवस्थापनमा नेपाली कांग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबाले खेलेको भुमिकाको चर्चा गरेका छन् ।

परशुराम नगरपालिका – १२ अन्तर्गत अव्यवस्थित बसोवासिहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रममा उनले सभापति देउबाको चर्चा गरेका हुन् । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । मुख्यमन्त्री शाहले संघ सरकारले प्रदेश सरकारलाइ अधिकार दिए तीन बर्ष भित्र भूमी सम्बन्धी समस्या समाधान गर्ने बताएका छन् ।

जग्गाधनी पुर्जा बितरण परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशीको सभापतित्वमा जोगबुडा अस्पताल सभाहलमा भएको थियो । कार्यक्रममा भूमी समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराको समन्वयमा पालिकाले वडाका ६४ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको थियो । कार्यक्रममा प्रदेशका कृषि मन्त्री वीर बहादुर थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट लगाएतको उपस्थिति रहेको थियो ।















