डडेल्धुरा – डडेल्धुरामा सिँचाई पोखरी अलपत्र परेको छ । करिब २० लाख लिटर क्षमताको सुनपोखरी बहुउपयोगी सिँचाइ पोखरी मर्मत नहुँदा १५ वर्ष देखि अलपत्र अवस्थामा रहेको हो ।
पञ्चायती व्यवस्था विस २०२९ सालमा निर्मित पोखरी निर्माण र पुनर्निर्माण गरी दुई पटक सञ्चालनमा ल्याइए पनि फुटेर जीर्ण बनेपछि डेढ दशक देखि अलपत्र अवस्थामा छ ।


चालुआर्थिक वर्षमा पोखरीको पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग एक करोड रकम माग गरिएको १५ लाख मात्रै दिएपछि अहिले जीर्ण पोखरीको छेउमा अर्काे पोखरी निर्माण गर्ने तयारी गरिएको छ ।
पोखरा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर कैनीले डेढ लाख लिटर क्षमताको पोखरी निर्माण गर्ने तयारी थालिएको बताए ।
जीर्ण बनेको पोखरी निर्माणका लागि गत आर्थिक वर्षमा ५ लाख रकम बजेट परेको थियो । तर ५ लाख रकमले के काम गर्ने भन्ने नै टुङ्गो नलाग्दा रकम फिर्ता भएको थियो ।



















