खाेज्नुहाेस

डडेल्धुराका दुई पालिकाले ८९ जनालाई लालपुर्जा गर्दै

Image

डडेल्धुरा– डडेल्धुराका दुई पालिकाले ८९ जनालाई लालपुर्जा वितरण गर्ने भएका छन । जिल्लाको आलिताल गाउँपालिका र परशुराम नगरपालिकाले एकैदिन भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने भएका हुन ।

आलिताल गाउँपालिकाले वडा नं. ४ र ८ का १९ जना भूमिहीन दलित तथा सुकुमवासीलाई लालपुर्जा प्रदान गर्न लागेको हो भने परशुराम नगरपालिकाले वडा नं. १२ लालढुङ्गा बजार क्षेत्रका ७० जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न लागेको हो ।

attariya hospital
navjiwan hospital

भुमी समस्या समाधान आयोग डडेल्धुराका अध्यक्ष कैलास कुमार पाण्डेयका अनुसार लालपुर्जा वितरण कार्यक्रम यही जेठ १२ गते आयोजना गरिनेछ । सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र भुमी समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिमालको सहभागिता रहने जानकारी दिइएको छ ।

पाण्डेयका अनुसार जिल्लामा भूमिसम्बन्धी समस्या समाधानको काम तीव्र गतिमा अघि बढिरहेको छ । उनले आलितालमा आगामी दिनमा करिब ४०० कित्तामध्ये एक सयभन्दा बढी सुकुमवासीलाई लालपुर्जा वितरणको तयारी भइरहेको र गन्यापधुरामा समेत वितरण प्रक्रियाको काम अगाडि बढिरहेको जानकारी दिएका छन् ।