खाेज्नुहाेस

माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेताकाे जिम्मेवारी फेरि भट्टलाई

Image

धनगढी – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताकाे जिम्मेवारी फेरि खगराज भट्ट पाएका छन् ।

navjiwan hospital

बिहिवार पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीकाे उपस्थितिमा डडेल्धुरामा बसेकाे संसदीय दलकाे बैठकले दलकाे नेतामा भट्टलाई पुर्नवहाली गर्दै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेकाे हाे ।

attariya hospital

प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेकाे जानकारी दिए ।

उनकाअनुसार उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय भएको छैन् । १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलकाे अध्यक्षतामा बसेकाे बहुमत सांसदकाे बैठकले भट्टलाई हटाउदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेकाे थियाे ।