खाेज्नुहाेस

सुदूरपश्चिममा नाउपाका तर्फबाट कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस

Image

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सुदूरपश्चिम प्रदेश सांसद कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिएको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई सुदूरपश्चिम सरकारको मन्त्री बनाउनका लागि सिफारिस गरेकी हुन ।

navjiwan hospital

उन्मुक्ती पार्टीको भागमा रहेको मन्त्रालय एक महिना बढी समयदेखि मन्त्रीविहीन थियो । मन्त्री पठाउने विषयमा नागरिक उन्मुक्तिभित्र लामो समयदेखि विवाद थियो । तर अब पार्टीले प्रदेश सांसद चौधरीलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि पनि कैलाश चौधरीले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।

attariya hospital

नागरिक उन्मुक्तिबाटै यसअघि मन्त्री रहेका लक्ष्मणकिशोर चौधरीले लेनदेनसँग जोडिएको विषय सार्वजनिक भएपछि राजीनामा दिएका थिए । सो स्थानमा उन्मुक्तिकै मन्त्री रहने गरी मुख्यमन्त्री कमलबहादुर शाहले नाम मागेका थिए । सिफारिस भएका सांसद चौधरीले प्रदेश संसदीय दलको नेतालाई समेत जानकारी गराई मन्त्रीका लागि आफ्नो नाम अध्यक्षबाट सिफारिस भई मुख्यमन्त्री कार्यालयमा गएको बताए ।

धनगढीमा संरक्षक रेशमलाल चौधरीसहित अध्यक्ष श्रेष्ठ र सांसदहरूबिच यस विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन । मंगलवार प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकपछि प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले अध्यक्ष श्रेष्ठलाई मन्त्रीको नाम सिफारिसका लागि पत्राचार गरेका थिए । त्यसको भोलिपल्ट मन्त्री बन्ने सांसदको नाम टुङ्गो लागेको हो ।