खाेज्नुहाेस

सुदूरपश्चिमका कानूनमन्त्री भन्छन्, ‘आमसञ्चार विधेयक छिट्टै पास हुन्छ’

Image

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रि  हिरा सिंह सार्कीले सुदूरपश्चिमको सञ्चार विधेयक अबको संसद् अधिवेशनबाट पास गर्ने तयारी भइरहेको बताएका छन् ।
डडेल्धुरामा शनिवारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी आयोजना गरिएको २ दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सार्कीले यस्तो बताएका हुन ।

सञ्चार विधेयक पास गर्नका लागि पत्रकारहरू सँग छलफल गरिरहेका छौँ, अझ महासंघले यसमा छलफल गरी सुझाव दिन आग्रह गर्दछु’ मन्त्री सार्कीले भने । उनले मन्त्री भएदेखि नै सञ्चार विधेयक बनाउन लागि परेको बताए ।

attariya hospital

‘प्रदेश सरकार गठनको पनि ८ वर्ष भएछ, म पनि आठौँ मन्त्री भएको रहेछु तर अहिलेसम्म आम सञ्चार विधेयक नबन्नु दुखद हो । पत्रकारहरूको व्यवस्थापनका लागि यो ऐन आवश्यक छ’ मन्त्री सार्कीले भने ।

navjiwan hospital

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा।तारा प्रसाद जोशीले रेडियो एफएमहरू सङ्कटमा परिरहेकाले नयाँ प्रविधि सँगै अघि बढ्नुपर्ने बताए । ‘अहिले एफएम रेडियो मात्रै होइन, प्रिन्ट मिडिया पनि सङ्कटमा छन् । मिडिया भनेको जनताको आवाज हो । यो जोगाउने जिम्मा सरकारको हो, सरकारले यसमा ध्यान दिनुपर्छ’ प्रदेश सभा सांसद जोशीले भने ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको प्रशिक्षणमा ९ वटै जिल्लाका रेडियोका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

maya metro hospital

आर्थिक अवस्था कमजोर भएर सङ्कटमा रहेका रेडियोहरूलाई कसरी जोगाउने भन्ने बारेमा डाक्टर रघु मैनालीले सहजीकरण गरिरहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत बहादुर सिंहले स्वागत गरेका थिए भने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शैलेन्द्र रोकाया, युनियन डडेल्धुराका उपाध्यक्ष राम खत्री, प्रेस चौतारीका जिल्ला अध्यक्ष लक्ष्मी ऐर, प्रेस संगठनका जिल्ला अध्यक्ष भीम दाहाल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष टीकाराम साउद सहितका पत्रकारहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Karma Consultancy

महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मानबहादुर साउदे धन्यवादज्ञापन गरेका थिए ।