खाेज्नुहाेस

महिला टी-२० विश्वकप छनोटमा नेपालले बहराइनलाई हरायो

Image

काठमाडौँ –  थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई १ विकेटले पराजित गरेको छ । वर्षाले प्रभावित भएर ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले मात्र १ विकेटको क्षतिमा पायो । नेपालका लागि कविता कुंवरले ११ बलमा सर्वाधिक १८ रनको योगदान दिइन् । उनले ४ चौका प्रहार गरिन् ।

navjiwan hospital

त्यस्तै, अर्को ओपनर सम्झना खड्काले २० बलमा १३ रन बनाउँदै नटआउट रहिन्। कप्तान इन्दुवर्माले ५ वलमा २ चौकाको मद्दतले ७ रन जोड्दै टोलीलाई जितसम्म डोन्याइन् ।

attariya hospital

यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा ४१ रन बनाएको थियो । टोलीका लागि कप्तान दीपिका रासांगिकाले शानदार व्याटिङ गर्दै १३ बलमा ३४ रन जोडेकी थिइन्। उनले ६ चौका र १ छका प्रहार गरिन् ।

बारांगा गजानायकेले ३ तथा जेनेव फाजिलले २ रन जोडिन्। नेपालका लागि एक मात्र विकेट पूजा महतोले लिखन् । यसअधि नेपाल र हङकङबिचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। समूह सीमा रहेको अब नेपालले मंगलवार पुनः हङकङसँग खेल्नेछ। त्यसपछि विहीवार नेपाल र बहराइन फेरि भिड्नेछन् ।