खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा प्रदेशको शान्ति सुरक्षाबारे छलफल

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेका छन ।

navjiwan hospital

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीले प्रदेशको समग्र सुरक्षाको अवस्थासहित समसामयिक विषयमा छलफल गरेका हुन । उनले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप निस्तेज पार्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए । यसैगरी, सीमा क्षेत्रमा आवागमनलाई सहज बनाउनु पर्ने मुख्यमन्त्रीको जोड थियो ।

attariya hospital

सीमा क्षेत्रमा हुने लागु औषध, चोरीलगायतका आपराधिक घटना नियन्त्रणमा कडाइ गरेको सुरक्षा निकायको तर्फबाट छलफलमा जानकारी गराइएको थियो । यसैगरी, लागु औषध प्रयोगकर्ताभन्दा पनि लागु औषधको कारोबारीलाई पक्राउ गर्न सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको सुरक्षा निकायले जनाएका छन् ।

छलफल प्रदेश सरकारका मन्त्री, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डम्मरबहादुर विक, सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीकुमार पाल, राष्ट्रिय अनुसन्धानका सुदूरपश्चिम प्रदेश निर्देशक बालनरसिंह राणासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।