खाेज्नुहाेस

चट्याङ लागेर डोटी र बझाङमा २ जनाको मृत्यु

Image
फाईल फोटो

डोटी– चट्याङमा परेर डोटी र बझाङमा २ जनाको मृत्यु भएको छ । बुधबार साँझ परेको चट्याङले डोटीमा १ र बझाङमा १ जनाको मृत्यु भएको हो ।

डोटीमा चट्याङमा परि १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ परेको चट्याङले जिल्लाको सायल गाउँपालिका– ६ दल्लेखका लहरी नागरीकी श्रीमती कमला नागरीको मृत्यु भएको हो ।

attariya hospital
navjiwan hospital

चट्याङमा परेर अन्य ७ जना घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चट्याङमा परी लहरी नागरीकै १० वर्षिया छोरी तारा नागरी, उनको ८ वर्षिय छोरा अविशेक नागरी, ६ वर्षिय छोरा अबि नागरी तथा ३ महिनाको छोरा शंकर नागरी, सोही ठाउँ बस्ने नवराज नागरीको श्रीमती ४० वर्षिया तारा नागरी, सोही ठाउँकी ८० वर्षिया काली दमाई तथा सोही ठाउँका भीम नागरीकी ६ वर्षिया छोरी खुसी नागरी रहेका छन ।

घाईते मध्ये लहरी नागरीकी छोरी तारा र छोरा अविशेकको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । अन्यको अवस्था भने सामान्य रहेको र उनिहरु सबैको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै चट्याङमै परेर बझाङमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझकै चट्याङमा परेर बझाङको वित्थडचिर गाउँपालिका–३ की ७८ वर्षीया धौली बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।