खाेज्नुहाेस

एमाले सुदूरपश्चिमले प्रदेशस्तरीय विशेष सभा गर्ने

Image

धनगढी– नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीमा प्रदेशस्तरिय वृहत् विशेष सभा आयोजना गर्ने भएको छ । आगामी चैत २९ गते कैलालीको धनगढीस्थित पार्कमोडमा एमालेले प्रदेशस्तरिय विशेष सभा गर्न लागेको हो ।

navjiwan hospital

शुक्रबार बसेको एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले सभाको तयारी तीव्र पारिएको जनाएको छ । विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र पछिल्लो समय देखिएका अराजक गतिविधिविरुद्ध खबरदारी गर्न सभा आयोजना लागिएको बताईन ।

add everest academy
attariya hospital

पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले हाल देशभर सञ्चालन भइरहेको वडा केन्द्रित टोल अभियानकै निरन्तरताका रूपमा सभा हुन लागेको बताए । ‘हाल टोल केन्द्रित वडा अभियान चलिरहेको छ’ उनले भने ‘त्यसै अभियानको भागका रूपमा यो सभा आयोजना हुँदैछ ।’

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि जनतालाई सचेत पार्ने उद्देश्यले बृहत् कार्यक्रमको आयोजना गरिएको बताए । ‘पूर्वराजाका नाममा अराजक तत्वहरूले समाजमा अशान्ति फैलाउने प्रयास गरिरहेका छन्, त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको हो,’ उनले भने ।