खाेज्नुहाेस

स्ववियु निर्वाचनका लागि कैलाली बहुमुखी क्याम्पसमा उम्मेदवारको अन्तिम सूची सार्वजनिक

Image

धनगढी– धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवाहरुको अन्तिम सूचि सार्वजनिक गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा यही चैत्र २७ गते हुने निर्वाचन कार्यतालिका अनुसार बिहीबार स्ववियु निर्वाचन कार्यसमितिले उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो ।

navjiwan hospital

क्याम्पसमा ११ ओटा संगठन तथा समूहबाट विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघबाट सन्तोष पन्त, अनेरास्ववियुबाट यमराज जोशी, नेकपा समाजवादी निकट अनेरास्ववियू र अखिल (समाजवादी) को संयुक्त प्यानलबाट सुनिलराज जोशी, अखिल क्रान्तिकारीबाट पवन सुनार, स्वतन्त्र विद्यार्थी एकता समूहबाट अम्बिका चौधरी र स्वतन्त्र उम्मेदवार तेज बहादुर मल्लले उम्मेदवारी दिएका छन् ।

add everest academy
attariya hospital

सचिव पदका लागि नेपाल विद्यार्थी संघबाट ओम प्रकाश बस्ती, अनेरास्ववियुबाट किरण प्रकाश उपाध्याय, संयुक्त प्यानलबाट खगेन्द्र प्रसाद अवस्थी, अखिल क्रान्तिकारीबाट लोकेन्द्र चौधरी, स्वतन्त्र विद्यार्थी एकता समूहबाट रोहित रावत, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लवदेव धामी र स्वतन्त्र उम्मेदवार किशोर प्रसाद जोशी र दीपक बोहराले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्ष पदमा नेविसंघबाट प्रमिला शाह, अनेरास्ववियुबाट प्रकाश भट्ट, संयुक्त प्यानलबाट अंगिता चौधरी, अखिल क्रान्तिकारीबाट धर्मराज तिमिल्सिना, र स्वतन्त्र विद्यार्थी एकता समूहबाट खेमराज भट्टराईले उम्मेदवारी दिएका छन् ।

प्रत्यक्षतर्फ सदस्य पदका लागि पनि विभिन्न संगठनबाट उम्मेदवारी दर्ता भएका छन् । मुख्य पदमा विगतका उम्मेदवारहरू पुनः दोहोरिएका कारण निर्वाचन रोचक हुने विद्यार्थीहरूको अनुमान छ । निर्वाचनको मिति नजिकिँदै जाँदा विद्यार्थी र नेताहरूबिच चहलपहल बढेको छ । सफल चुनावको लागि स्ववियु निर्वाचन समितिले सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।