खाेज्नुहाेस

दुर्गालक्ष्मी स्ववियु निर्वाचन, अझै जुटेन सहमति

Image

अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रियामा भएको विवाद झन् झन् बल्झँदै गएको छ । पाँच विद्यार्थी संगठनले दर्ता गराएको समानुपातिक उम्मेदवारीका विषयमा परेको दाबी विरोधमा निष्कर्ष ननिस्किएपछि विवाद सुरु भएको थियो ।

निर्वाचनमा उम्मेदवारी दिएका नेविसंघ र अखिल सयुक्तले आ–आफ्नो अडान कायमै राखेपछि विवाद टुङ्गोमा लगाउने प्रयास असफल भएको हो । मंगलबार र बुधवार छलफल गर्दा पनि विवाद टुङ्गोमा नपुगेपछि निर्वाचन नै प्रभावित हुने जोखिम बढेको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

सोमबार परेको समानुपातिक उम्मेदवारीमा अखिल सयुक्तले प्रक्रिया मिचेको भन्दै नेविसंघले दाबी विरोधको निवेदन दर्ता गराएको थियो । संगठन दर्ता नभएको अखिल सयुक्तबाटै उम्मेदवारी दर्ता गरिनु अवैध भएको भन्दै खारेज गर्नुपर्ने उसको माग छ । उता अखिल सयुक्तले भने ५ संगठन मिलेर बनेको अखिले सयुक्तबाट सबै प्रक्रिया पुरा गरेर उम्मेदवारी दर्ता भएको जनाएको छ ।

दुवै संगठनले आ आफ्नो अडान कायमै राख्दा निर्वाचन अधिकृतको कार्यालयले पनि के गर्ने भन्ने निष्कर्षमा पुग्न सकेको छैन । निर्वाचन अधिकृत लोक बहादुर महराले छलफल जारी राखेको भए पनि सहमति हुन नसकेको बताए । उनले अझै पनि सहमतिको प्रयास जारी रहेको बताए ।

विवाद हुँदा निर्वाचन कार्यतालिका अनुसार मंगलबार दाबी विरोध गरी उम्मेदवारीको नामावली प्रकाशन गर्नुपर्नेमा उक्त काम बुधवार पनि हुन सकेको छैन । सोमबार स्ववियुको नयाँ नेतृत्व चयनका लागि संयुक्त अखिल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उम्मेदवारी दर्ता गरेका छन् । जसमा प्रत्यक्ष तर्फ ११–११ र समानुपातिकका लागि ८–८ जनाको उम्मेदवारी परेको छ ।

attariya technical collage