खाेज्नुहाेस

सुदूरपश्चिम सरकारमा नयाँ मन्त्री पठाउने जिम्मा रञ्जितालाई

Image

कल्पना कुमारी देउवा, अत्तरिया – नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिएको छ ।

आर्थिक लेनदेनसम्बन्धी अडियो बाहिरिएपछि विवादमा परेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको राजीनामापछि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको हो ।

attariya hospital
navjiwan hospital

बैठकमा सहभागी टिकापुर नगरपालिकाका मेयर समेत रहेका रामलाल थारु डगौराले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्षलाई दिइएको जानकारी दिए ।

उनका अनुसार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ, पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रतिनिधिसभा सबै सांसद, प्रदेश सभाका लक्ष्मणकिशोर चौधरी बाहेकका सांसदको सहभागिता रहेको थियो ।

दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधी आफू अनुकूल बनाएर आर्थिक लाभ लिन सकिने योजना बनाएको अडियो सार्वजनिक भएपछि वनमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजीनामा दिएका थिए ।

maya metro hospital