खाेज्नुहाेस

मन्त्रीको गोप्य अडियोको छानबिन गर्न क्रान्तिकारी युवा संगठनको माग

Image

संगिता कापडी, अत्तरिया– क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश समितिले राजीनामा दिएका सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीको अडियोकोे छानबिन गर्न माग गरेको छ । संगठन आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै कमिसन लेनदेन अडियोको विषयमा छानबिन गर्न माग गरेको हो ।

navjiwan hospital

इन्चार्ज दीपक ऐरको हस्ताक्षर रहेको विज्ञप्तिमा अडियो क्लिपको विषयलाई सुदूरपश्चिम सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरी दोषी मन्त्रीलाई तत्काल कानुनी कारबाही गर्न माग गरिएको छ ।

attariya hospital

‘सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी को कमिसन लेनदेन अडियोको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘भ्रष्ट मन्त्री चौधरीले गरेको कमिसन लेनदेनको गोप्य अडियो क्लिपको विषयलाई सुदूरपश्चिम सरकारले गम्भीरतापूर्वक लिएर अनुसन्धान गरी दोषी मन्त्रीलाई तत्काल कानुनी कारबाही गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।’

माग सम्बोधन नगरिए संघर्षका कार्यक्रम गरिने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘हाम्रो मागलाई सम्बन्धित निकायहरूले बेवास्ता गरे हाम्रो संगठनले कमिसनखोरहरुका विरुद्ध जस्तोसुकै संघर्ष गर्न पछि नहट्ने कुरा यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौँ ।’