खाेज्नुहाेस

अडियोको छानबिन गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षीले अवरोध गरेका छन् । आर्थिक लेनदेन सम्बन्धी राजीनामा दिएका वन मन्त्री लक्ष्मण किशोर चौधरीको अडियोकोे छानबिनको माग गर्दै प्रतिपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन ।

navjiwan hospital

प्रतिपक्षी दलहरूले राजीनामा दिएका वन मन्त्री लक्ष्मण किशोर चौधरीमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने, सरकारले जथाभाबी गरेका नियुक्तिबारे जवाफ दिनुपर्ने माग गरेका छन् ।

attariya hospital

बैठक अवरोधसँगै प्रतिपक्षी दलको तर्फबाट धारणा राखेकी राप्रपाकी प्रदेश सभा सदस्य खेमादेवी विष्टले नियम विपरीत सेवा सुविधा लिने, राजनीतिक नियुक्ति, सुशासन प्रवद्र्धन तथा खर्च कटौतीका विषयमा पटक–पटक सरकारको जवाफ मागेको बताइन् तर सरकारले सदन सत्तापक्षको मात्र भएको प्रतिपक्षको नभएको जस्तो व्यवहार गरेर कुरा नसुनेको बताइन् ।

प्रतिपक्षीको अवरोधपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका छन् ।