कल्पना कुमारी देउवा, अत्तरिया – कैलालीको अत्तरियामा शुक्रबार निकालिएको जुलुसमा पुत्ला जलाउन खोज्दा पक्राउ परेका राप्रपा नेता रिहा भएका छन । शुक्रबार साँझ अत्तरिया चोकबाट पक्राउ परेका राप्रपा नेता विराज बिष्ट शुक्रबार राती नै राहा भएका हुन ।

उनले जुलुसका क्रममा पुत्ला जलाउन खोजेपछि प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेको थियो । उनलाई पक्राउ गरिएको एक घण्टामै रिहा गरिएको राप्रपा गोदावरी अध्यक्ष दुर्गा पोखरेलले बताए ।

राष्ट्रप्रेमी जनसमुदाय गोदावरीले शुक्रबार देशमा मैलाइरहेको बेथिति, भ्रष्टाचार अराजक गतिविधि तथा नेपाल सरकारले राजनीतिक पूर्वाग्रही ढङ्गले विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई बर्खास्तको विरुद्ध र सनातन वैदिक दिन्दुराष्ट स्थापनार्थ आम राष्ट्रवादीहरुद्धारा जुलुस निकालिएको थियो ।