सीमामा पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुन्छ : गृहमन्त्री

बुटवल – गृहमन्त्री रमेश लेखकले नेपाल भित्रिने पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुने बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-३ को आयोजनामा बिहीबार भैरहवामा भएको अन्तरक्रियामा गृहमन्त्री लेखकले रूपन्देही पर्यटकीय जिल्ला भएकाले पर्यटकको सहजताका लागि सीमा नाकामा एकद्वार प्रणालीबाट जाँच हुने बताए ।

Karma Consultancy

‘बेलहिया नाकामा चेक गरेपछि पर्यटकलाई अन्यत्र जाँचको नाममा दुःख हैरानी दिन हुन्न । मैले सुरक्षा समितिको बैठकमा यही निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘अध्यागमनमा घण्टौं लाइन लाग्नुपर्ने समस्या छ, त्यसलाई सुधार गर्नुपर्छ ।’

citizen security services

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको आवश्यक व्यवस्था गर्ने बताउँदै उनले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।

attariya hospital

स्थिर सरकार दिन प्रमुख ठूला दुई दलको सरकार बनेको उनले बताए । व्यावसायिक वातावरण अनुकूल बनाउन सरकारले कानुनी र नीतिगत सुधारलाई प्राथमिकता दिएर नै अध्यादेश ल्याइएको उनले बताए ।

‘अर्थतन्त्रलाई लयमा ल्याउन अध्यादेश ल्याएका हौं, निजी क्षेत्रले सरकारलाई धन्यवाद दिएका छन्,’ गृहमन्त्री लेखकले भने ।

उनले पार्टीभित्र आन्तरिक एकता भए मात्र २०८४ मा बहुमत ल्याउन सकिने भन्दै कार्यकर्तालाई विभाजित नहुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.