खाेज्नुहाेस

बझाङका तत्कालीन गाउँपालिका अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

Image

दुर्गा भट्टराई, अत्तरिया – बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विशेष अदालतमा अध्यक्ष सहित ७ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

navjiwan hospital

मुद्दा दायर हुनेमा अध्यक्ष सहित तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्ल्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकाया रहेका छन ।

attariya hospital

उनीहरुले सिम्लका घट्ट कुलो सिचाँई निमार्णमा आर्थिक वर्ष २०६७÷७७ मा रकम विनियोजन गरी कार्यसम्मपन गरेका थिए । सोही कामलाई आधार मानि आर्थिक वर्ष २०७७÷७८ मा कुनै पनि काम नगरी भुक्तानी लिई अनियमितता परेको पाइएको अख्तियारले जनाएको छ । उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।