
रेखा चौधरी, अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमि सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गरेका छन् ।
मंगलबार भूमि समस्या समाधान आयोग कैलालीले धनगढीमा आयोजना गरेको भूमि समस्या समाधान आयोगको कामसँग सम्बन्धित विषयमा स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘प्रदेशलाई अधिकार प्राप्त हुने हो, भने यो प्रदेशको भूमि सम्बन्धी समस्या तीन वर्ष भित्र समाधान हुन्छ । एकै ठाउँमा अधिकार भएका कारण समस्या हो । संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छ ।’
