खाेज्नुहाेस

अनेरास्ववियु दुर्गालक्ष्मी क्याम्पस कमिटीको अध्यक्षमा हरेन्द्र नाथ निर्वाचित

Image
अत्तरिया – नेकपा एमाले निकट अनेरास्ववियु दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलालीको अध्यक्षमा हरेन्द्र नाथ निर्वाचित भएका छन् । बिहीबार आयोजना गरिएको दोस्रो क्याम्पस सम्मेलनबाट नाथ अध्यक्षमा निर्वाचित भएका हुन ।
attariya hospital
navjiwan hospital
कमिटीको उपाध्यक्षमा कलावती ताम्राकार र नीरज जोशी, सचिवमा दीपिका जोशी, कोषाध्यक्षमा सृजना नाथ योगी, स–सचिव रोशनी सिंह, पार्वती बिक, धिरज बोगटी, लक्ष्मी वली सङ्गठन प्रमुख प्रबिन मिजार, महिला प्रमुख भागरथि खड्का सहित २९ सदस्य कमिटी चयन गरिएको छ।
छपेन्द्र नाथ योगीको सभाध्यक्षतामा सम्पन्न सम्मेलनमा सङ्गठनका स्थायी कमिटी सदस्य एवम् सुप विश्वविद्यालय राष्ट्रिय कमिटी इन्चार्ज रोहित बम प्रमुख अतिथि रहेका थिए।
विशिष्ट अतिथि केन्द्रीय सदस्य एवम् सङ्गठन विभाग उप–प्रमुख किशोर शाह, अतिथिमा केन्द्रीय सदस्य यमराज जोशी, प्रदेश उपाध्यक्ष रोहित बोगटी, सुप बिबि राष्ट्रिय कमिटी संयोजक गणेश नाथ योगी, जिल्ला अध्यक्ष कुबेर खड्का, जिल्ला उपाध्यक्ष पुष्पराज सुबेदी, प्रेस चौतारी नेपालका जिल्ला स–सचिव धुर्व ओझा ,राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य कल्पना ओझा जिल्ला सचिव उत्तम महरा, लगायत क्याम्पसमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन हरेन्द्र नाथले गरेका थिए।