खाेज्नुहाेस

प्रदेश प्रमुख मियाँद्वारा सीप तथा रोजगार मेलाको अवलोकन

Image

धनगढी – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा जारी सीप तथा रोजगार मेलाको अवलोकन गरेका छन् । प्रदेश प्रमुख मियाँले सबै स्टलमा पुगेर सिप सिक्दै गरेकाहरूसँग चुनौती र त्यसपछिको अवसरबारे पनि छलफल गरेका थिए । अनुभव साटासाट गर्दै प्रदेश प्रमुखले सबैलाई सीपलाई सदुपयोग गर्न र स्वरोजगार बन्न सुझाव दिएका थिए ।

navjiwan hospital

रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरेका थिए । प्रदेश प्रमुख ज्यूले मेला फलदायी रहेको बताएका थिए । धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले प्रदेश प्रमुखलाई मेला अवलोकन गराएकी थिइन् ।

attariya hospital

एक महिनासम्म सञ्चालन हुने सीप तथा रोजगार मेलामा एक हजार ४० जनाले सीप सिकिरहेका छन् । २९ विधामा सीप सिकाइको काम भइरहेको उपप्रमुख बताइन् । सिप सिकिरहेकाहरू मध्ये अधिकांशको रोजगारीको व्यवस्था भइरहेको भन्दै उपप्रमुख रानाले प्रत्येक वर्ष उपमहानगरपालिकाले यस्तो रोजगार मेलाको आयोजना गर्ने बताइन् ।