धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरु जाने बाटो धमाधम निर्माण भइरहेको बताएका छन ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले स्थानीयहरूको माग बमोजिम बाटो निर्माण भइरहेको बताएका हुन । उनले बाटो निर्माणका लागि ५ करोड विनियोजन गरिएको बताए ।

‘दार्चुलाको सदरमुकाम खलङ्गाबाट उत्तरपट्टि नेपालका छाङ्गरुलगायतका गाउँहरू छन् । नेपाल सरकारलाई थाहा छ छाङ्गरु जानका लागि बाटो रैनछ, अहिले नभएको होइन इतिहासदेखि नै थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘…हामीलाई घोडेटो बाटो बनाउन सहयोग गरियोस् भनेर उहाँहरूले भने बमोजिम पाँच करोड रकम निकास गरेर अहिले आफ्नै देशबाट आफ्नो भूभाग जाने बाटो धमाधम निर्माण भइरहेको छ ।’