खाेज्नुहाेस

तालाबन्दी पछि टीकापुरका मेयरले मूल ढोकामै बनाए नयाँ कार्यकक्ष

Image

टीकापुर – कैलालीको टीकापुरका मेयरले नयाँ कार्यकक्षबाट काम सुरु गरेका छन् । मेयर रामलाल डगौरा थारुले कार्यकक्षमा तालाबन्दी भएपछि नगरपालिका प्रशासनिक भवनको मूल ढोकामै वैकल्पिक कार्यकक्ष खडा गरेर काम सुरु गरेका हुन । फागुन २३ गते तीन जना वडाध्यक्ष र चार जना कार्यपालिका सदस्यहरू मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उक्त तालाबन्दी खुलाउन प्रयास गर्नुको साटो मेयरले वैकल्पिक कार्यकक्ष खडा गरेका हुन ।

मेयर थारुले आन्दोलनरत जनप्रतिनिधिहरूसँग संवाद गर्नुको कुनै अर्थ नरहेको बताए । उनले जनप्रतिनिधिको जिम्मेवारी तालाबन्दी गर्ने नभई जनताको काम गर्नु भएको बताए ।

attariya hospital

उनले विकास निर्माणका काममा अवरोध सिर्जना गर्न तालाबन्दी गरिएको आरोप लगाए । उनले जनप्रतिनिधिहरूसँग उनीहरूले उठाएका मागका बारेमा तालाबन्दी अगावै थुप्रै पटक छलफल भएको बताए । अधिकतम लचकता अपनाइसकेको बताउँदै उनले अब यो भन्दा धेरै लचक हुन नसकिने बताए ।

navjiwan hospital

वडा नम्बर १ का अध्यक्ष मोहन लुहार विश्वकर्मा, २ का अध्यक्ष दीपक चौधरी र ३ का अध्यक्ष ऋषी विकका साथै चार जना कार्यपालिका सदस्यहरू दीपक निसानी, मञ्जु विक, सरस्वती तिरुवा र राजरानी चौधरीले मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

उनीहरूले ४७ औँ कार्यपालिका बैठकको निर्णयमा लिखित असहमति राख्न रोक लगाएको भन्दै तालाबन्दी गरेको बताएका छन् । उनीहरूले बैठकको एजेण्डाका रूपमा नआएका विषयमा निर्णय गरेर आफूहरूलाई गुमराहमा राखेको बताएका छन् ।

maya metro hospital

उनीहरूले मेयर थारुले नगर सभाले पास गरेको योजना कार्यपालिका मार्फत मनपरी संशोधन, आफू अनुकूलका योजना लाद्ने, कर्मचारी भर्ती केन्द्र, अनावश्यक परामर्शदाता नियुक्त, बजेट नै नभएका योजनाको डिपिआर निर्माण लगायतका काम गरेर मनपरी गरेको बताएका छन् । त्यस्तै अनुगमन समितिको संयोजकबाट कार्यपालिका सदस्य निसानीलाई हटाएको प्रति पनि उनीहरूले विरोध जनाएका छन् ।

मेयर थारुले अनुगमन समितिको संयोजकमा निसानीको ठाउँमा कार्यपालिका सदस्य कैलाशपति चौधरीलाई जिम्मेवारी तोकेका छन् । अनुगमन समितिको संयोजक उपमेयर रहने व्यवस्था भए पनि उपमेयर खडकबहादुर शाह निलम्बनमा परेका छन् । आन्दोलनरत वडा नं. १ का वडाध्यक्ष विश्वकर्माले मेयर थारु गैर जिम्मेवार ढङ्गले अघि बढेको बताए ।

Karma Consultancy