अत्तरिया – त्रिभुवन विश्वविद्यालय अन्तरगतका सुदूरपश्चिमका क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले १७ क्याम्पसमा विजयी भएर पहिलो भएको हो । नेकपा एमाले समद्ध अनेरास्ववियु ९ र नेकपा माओवादी केन्द्र समद्ध अखिल (क्रान्तिकारी) पनि ९ कलेजमा विजयी भएको छ ।
सबैभन्दा धेरै क्याम्पसमा निर्वाचन भएको कैलालीमा अनेरास्ववियु निल भएको छ । कैलालीका ९ क्याम्पसको नतिजा सार्वजनिक, ५ मा नेविसंघ र ६ मा अखिल क्रान्तिकारी विजयी भएको छ । नेविसंघबाट धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा दिपकराज भट्ट, फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, भजनीको मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, जोशीपुरको रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र टीकापुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री सभापतीमा विजयी भएका छन ।

यस्तै, अखिल क्रान्तिकारीबाट लम्की बहुमुखी क्याम्पसाा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी, सुखडको राष्ट्रिय कलेजमा सुन्दर गौतम र खप्तड बहुमुखी क्याम्पसमा सागर चौधरी सभापतीमा विजयी भएका छन । चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १५५ मत ल्याएका छन । त्यहाँ के गर्ने भन्ने विषयमा टुङ्गो नलागेको निर्वाचन अधिकृत रमेश भट्टले बताए ।
कञ्चनपुरमा ८ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमध्ये ५ क्याम्पसमा विजयी हुँदै नेविसंघले बर्चस्व कायम गरेको छ ।
अन्तिम नतिजा अनुसार ५ क्याम्पसमा नेवि सघ, २ क्याम्पसमा अखिल क्रान्तिकारी र १ क्याम्पसमा अनेरास्ववियु निर्वाचित भएको छ ।


नेविसंघबाट पुनर्वासको जनता बहुमुखी क्याम्पसमा विकास खड्का, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पसमा मोहन जैसी, दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा सुवास नेगी, कञ्चन बहुमुखी क्याम्पसमा सुनिल ऐर र कृष्ण बैजनाथ क्याम्पसमा करनप्रसाद भट्ट स्ववियु सभापतिमा निर्वाचित भएका छन ।
यस्तै अखिल कान्तिकारीबाट बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा रविना राना, बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा दीपक चौधरी निर्वाचन भएका छन ।

दार्चुलाका ५ वटै क्याम्पसमा भएको स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबीच भागबन्डा गरी नेतृत्व चयन भएको छ । नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच सहमतिमा जिल्लाका सबै क्याम्पसमा नेतृत्व चयन भएको हो । नेविसंघले दुई, अनेरास्ववियुले दुई र अखिल क्रान्तिकारीले एक क्याम्पसको नेतृत्व पाएका छन् ।
नेविसंघ विजयी भएका क्याम्पस
१) ऐश्वर्य बहुमुखी क्याम्पस– दीपकराज भट्ट
२) फूलबारी बहुमुखी क्याम्पस– भुवन जोशी
३) मोहन्याल बहुमुखी क्याम्पस– झंकर बुढा
४) रघुनाथ बहुमुखी क्याम्पस– रञ्जित परियार
५) बिरेन्द्र बहुमुखी क्याम्पस– गोपाल खत्री
६) रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस– मोहन जैसी
७) भानु बहुमुखी क्याम्पस– सुवास नेगी
८) जनता क्याम्पस– विकास खड्का
९) कञ्चन बहुमुखी क्याम्पस– सुनिल ऐर
१०) कृष्ण बैजनाथ बहुमुखी क्याम्पस– करनप्रसाद भट्ट
११) डडेल्धुरा बहुमुखी क्याम्पस– गौरव ऐर
१२) डोटी बहुमुखी क्याम्पस– इन्द्र राणा
१३) ग्राम प्रकाश बहुमुखी क्याम्पस– कविता साउँद
१४) सेटिगाउँ बहुमुखी क्याम्पस– कृष्णसिंह रावल
१५) अपिनम्पा क्याम्पस– शेरबहादुर बम
१६) राष्ट्रिय क्याम्पस– लिलु भट्ट
१७) त्रिपुरा बहुमुखी क्याम्पस– कमल कुँवर
अनेरास्ववियु विजयी भएका क्याम्पस
१) दानेश्वर बहुमुखी क्याम्पस– बिमला रावल
२) नवप्रभात संयुक्त क्याम्पस– सपना चन्द
३) श्रीकोट बहुमुखी क्याम्पस– नवीन कपाडी
४) शिक्षा क्याम्पस– अकबर चन्द
५) लटिनाथ क्याम्पस– रुकेश विष्ट
६) कृष्ण स्नातक क्याम्पस– ओमकार पाल
७) सेती क्याम्पस– दीपेन्द्र दौल्याल
८) बुढिनन्दा क्याम्पस– भाष्कर शाही
९) सुनकुडा क्याम्पस– कपिल बिष्ट
अखिल क्रान्तिकारी विजयी भएका क्याम्पस
१) लम्की बहुमुखी क्याम्पस– तपेद्र प्याकुरेल
२) बुलबुले बहुमुखी क्याम्पस– विवेक चौधरी
३) खप्तड बहुमुखी क्याम्पस– सागर चौधरी
४) राष्ट्रिय कलेज– सुन्दर गौतम
५) महाकाली बहुमुखी क्याम्पस– दीपक चौधरी
६) रामपुर बहुमुखी क्याम्पस– रविना राना
७) शंकरपुर क्याम्पस– जानकी टमटा
८) शान्ति आदर्श बहुमुखी क्याम्पस– बम धामी
९) केदार सूर्य बहुमुखी क्याम्पस– यशोदा बोहरा