खाेज्नुहाेस

प्रदेश प्रमुख देवकोटाद्वारा सीप मेलाको अवलोकन

Image

धनगढी – बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका छन । गृह जिल्ला आएको बेला उनले सीप तथा स्वरोजगार मेलाको अवलोकन गरेका हुन ।

navjiwan hospital

मेला अवलोकनका क्रममा सीप सिक्दै गरेकाहरुसँग आफ्नो अनुभव साटासाट गर्नुका साथै प्रदेश प्रमुख देवकोटाले स्वरोजगार बन्ने सुझाव पनि दिए ।

attariya hospital

धनगढीमा होजियारी उद्योग सञ्चालन समेत गरेका देवकोटाले रोजगार मेलामा सीप सिकेकालाई सिकेको सीप प्रयोगका लागि प्रेरित गर्न आयोजक धनगढी उपमहानगरपालिकालाई आग्रह गरे । एक महिनासम्म सञ्चालन हुने स्वरोजगार मेलामा एक हजार ४० जनाले सीप सिकीरहेका छन् ।