अत्तरिया – कैलालीको चौमाला बहुमुखी क्याम्पसको सभापतिमा नेवि सघ र स्वतन्त्र उम्मेदवारको बराबर नतिजा आएको छ । नेवि सघका दिल बहादुर ताम्राकार र स्वतन्त्र योगेन्द्र कुमार जोशीले १५५/१५५ मत ल्याएका हुन।

सचीवमा भने नेविसंघकी प्रतिमा ओझालाई पराजित गर्दै सयुक्त अखिल प्यानलकी पुस्पा कुमारी आचार्य विजयी भएकी छिन ।

कोषाध्यक्षमा नेविसंघकी लक्ष्मी ओझा विजयी भएकी छिन ।
सदस्यमा नेविसंघबाट २ र सयुक्त अखिल प्यानलबाट ३ जना विजयी भएका छ्न ।














