खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशसभामा बैठक स्थगित

Image

धनगढी – सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलको विरोध जारी रहेपछि बुधबार पनि प्रदेश सभा बैठक स्थगित भएको छ । सरकारलाई भार पर्ने गरी अनावश्यक रूपमा गरेका प्रदेश नीति तथा योजना आयोग लगायतका नियुक्तिहरू खारेज गर्नु पर्ने माग राख्दै बैठकमा प्रतिपक्षी दलले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

navjiwan hospital

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र सदस्यले मंगलबार पनि प्रदेश सभामा विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।

attariya hospital

बुधवार बसेको प्रदेशसभा बैठकमा पनि प्रतिपक्षीले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । प्रतिपक्षी दलको संसदीय दलका नेतासहितले उठेर विरोध जनाएकाले बैठक स्थगित गरेको सभामुख भीमबहादुर भण्डारीले बताए । उनले प्रतिपक्षीलाई आ–आफ्नो सिटमा बसी दिन आग्रह गरेका थिए । भण्डारीले आजको बैठकको कार्यसूचीमा रहेको विषय पनि हटाएका छन् ।