अत्तरिया – सुदूरपश्चिमका स्थानीय तहले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले प्रदेश सभामा ढुङ्गामुढा गरेपछि तनाव भएको छ ।
विद्यार्थीहरुले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका छन ।


प्रहरीले आन्दोलनरत दुई जना बिद्यार्थीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रदेशका स्थानीय तहमा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै विद्यार्थी संगठनहरूले विरोध गरेका हुन् ।
विधायन तथा प्रदेश मामिला समितिले तयार गरी प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा उल्लिखित उक्त प्रावधानप्रति विद्यार्थी संगठनहरुले संयुक्त रूपमा विरोध गर्दै आएका छन् ।
सम्बन्धित समाचार : रोकिएन विधेयक विरुद्धको विरोध















