खाेज्नुहाेस

अन्तरपालिका भलिबलको उपाधी दशरथचन्द नगरपालिकालाई

Image

बैतडी – तेस्रो संस्करणको म्यानेजर तेजबहादुर चन्द स्मृती अन्तरपालिका जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाले जितेको छ । साविक विजनेत मेलौलीलाई ३–१ ले पराजित गर्दै दशरथचन्द नगरपालिकाले उपाधी जितेको हो ।

च्याम्पियन भएसंगै दशरथचन्दले १ लाख २५ हजार पुरस्कार पाएको आयोजक मैनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए । उपविजेता मेलौलीले ७५ हजारमा चित्त बुझायो।

attariya hospital
navjiwan hospital

यस्तै प्रतियोगितामा सुर्नया गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको छ। सुर्नयाले ३५ हजार पुरस्कार पायो। सान्त्वना स्थानमा चित्त बुझाएको सिगास गाउँपालिकाले १५ हजार पुरस्कार पायो।

दशरथचन्द नगरपालिकाका सुरज चुनारा सर्वोत्कृट खेलाडी भए। उनले ५ हजार पुरस्कार जिते। मेलौलीका सन्देश चन्द बेस्ट सटर, दशरथचन्दका नवीन भण्डारी बेस्ट ब्लकर,दशरथचन्दकै सरोज चुनारा बेस्ट डिफेन्डर, सुर्नयाका सुरेन्द्र भाट बेस्ट सर्भर र मेलौलीका बरूण ठगुन्ना बेस्ट स्पाइकर चुनिए।

दोगडाकेदारको टिम अनुशासित घोषणा भएको ट्रष्टका सदस्य तेजप्रकाश भट्टले बताए।

सम्बन्धीत समाचार : बैतडीमा तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता सुरु