
अत्तरिया – कैलालीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकी फरार रहेका धनगढी उपमहानगरपालिका – ८ का ५१ वर्षीय विक्रम चौधरी पक्राउ परेका हुन ।

उनलाई बिहीबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



















