अत्तरिया– राष्ट्रवादी युवा समूहले अत्तरियादेखि धनगढीसम्म वृहत् मोटरसाइकल र्याली निकालेको छ । मंगलबार दिउँसो युवा समूहले राष्ट्रिय झण्डा सहितको र्याली निकालेको हो ।
र्यालीमा प्रदेश संरचना खारेज गर, नारायणहिटी खालि गर, राजा आउ देश बचाउ, भष्टाचारिलाई कारबाही गर लगायतका नारा लगाइएका थिए ।


र्यालीको संयोजन गरिरहेका युवा बिराज विष्टले सार्वभौमता, स्वाधीनता र राष्ट्रिय एकता कायम राख्नका लागि र्याली आयोजना गरिएको बताए ।
अत्तरिया बसपार्कबाट सुरु भएको र्याली धनगढीमा पुगेर सम्पन्न हुने जनाइएको छ ।















