खाेज्नुहाेस

एमाले बुढीनन्दामा ४ मतले रेग्मीलाई पराजित गर्दै रोकाया निर्वाचित

Image

बाजुरा – नेकपा (एमाले) बाजुराको बुढीनन्दा नगर कमिटीको दोस्रो अधिवेशनबाट हेम रोकाया निर्वाचित भएका छन् । शुक्रबार कोल्टीमा भएको निर्वाचनमा प्रतिस्पर्धी हरिचन्द रेग्मीलाई ४ मतान्तरले पराजित गर्दै रोकाया निर्वाचित भएको निर्वाचन अधिकृत धर्मराज पाध्यायले बताए । रोकायाले ५१ मत ल्याएर विजयी हुँदा भने निकटतम प्रतिस्पर्धी रेग्मीले ४७ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्ष दुर्गा रावतले ५२ मत ल्याएर विजयी भएकी छन् ।

navjiwan hospital

सचिवमा मनहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन्, भने उपसचिवमा पनि दीपक बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

attariya hospital

उपसचिव समावेशी कोटा अन्तर्गत महिलाको उम्मेदवारी भने मापदण्ड नपुगेका कारण खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ । अधिवेशनमा उम्मेदवारहरुबीच सहमति हुन नसकेपछि निर्वाचन गरिएको हो ।