खाेज्नुहाेस

गेटामा विश्वविद्यालय सञ्चालनका लागि सरकारले तयारी गरिरहेको छ : मन्त्री भण्डारी

Image

धनगढी – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि सरकारले तयारी गरिरहेको बताएका छन । बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्रीले शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकेको बताए । उनले सेती प्रादेशिक अस्पताल गाभेर भए पनि विश्वविद्यालय सुरु हुने बताए ।

धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सीप तथा रोजगार मेलाको उद्घाटनका लागि धनगढी आएका मन्त्री भण्डारी दोधाराचाँदनीमा निर्माणको प्रक्रियामा रहेको सुख्खा बन्दरगाहको पनि भारत सरकार ठेक्काको अन्तिम चरणमा रहेको बताए ।

attariya hospital

‘दोधाराचाँदनीमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माणका लागि भारत सरकार ठेक्काको अन्तिम चरणमा रहेको जनाएको छ । नेपाल सरकारको तर्फबाट त्यहाँको रुख कटानको आदेश पनि भइसकेको छ । रुख कटानका लागि सूचनासमेत प्रकाशित भइसकेको छ । भारत सरकारले निमार्णको ठेक्का गर्ने बित्तिकै रुख कटान पनि सुरु हुनेछ’, मन्त्री भण्डारीले भने ।

navjiwan hospital

उनले भारतको मुन्द्रा सामुद्रिक बन्दरगाहलाई लक्षित गरी उक्त बन्दरगाह निर्माण भइरहेको बताए । ‘नेपालले मुन्द्रा सामुद्रिक पोर्ट पायो भने अहिलेको यातायातको दूरी भन्दा १५ दिनको छोटो दुरी हुन्छ, यसले नेपालको आयात निर्यातमा एकदमै सहज हुन्छ,’ मन्त्री भण्डारीले भने ।

मन्त्री भण्डारीले सुदूरपश्चिमको विकासका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरु एक ठाउँमा उभिएको बताए । सरकारमा सहभागी मन्त्री, सांसद तथा नेताहरुले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर सुदूरपश्चिमका महत्वपूर्ण विकास, निर्माणका योजनालाई गति दिन ध्यानाकर्षण गराइएको बताए ।

maya metro hospital

‘सुदूरपश्चिमबाट सरकारमा सम्मेलित सबै मन्त्री, माननीय र यहाँ नेताहरुले प्रधानमन्त्री ज्यूलाई भेटेर प्रदेशको विकाससँग जोडिएका गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने, महाकाली करिडोर, खुटिया दिपायल फास्ट ट्रयाक, प्रदेशको राजधानी निर्माणलाई अघि बढाउने जस्ता कुरामा महत्वपूर्ण छलफल भएको छ,’ उनले भने ।

अधुरा कामलाई पूर्णता दिने र नयाँ कामको थालनी गर्ने विषयमा प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको भण्डारीको भनाई थियो । प्रदेशको राजधानी निर्माणको काम पनि चाडै अघि बढ्ने मन्त्री भण्डारीको भनाई थियो ।

Karma Consultancy