अत्तरिया – कञ्चनपुरको पुनर्वास नगरपालिका – ११ डोके बजारबाट चरेस र खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन् । बुधवार २ ग्राम ५३० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने कालो पदार्थ र ७१० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित बेदकोट नगरपालिका – १ का ३२ वर्षीय केशव बहादुर विष्ट पक्राउ परेका हुन ।


उनलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहो प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।