अत्तरिया – सुदूरपश्चिम सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले निजी विद्यालयले राष्ट्रको ठुलो सङ्कटलाई समाधान गरेको बताएका छन् । सोमवार अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राज्यमन्त्री बमले सो कुरा बताएका हुन ।

‘निजी विद्यालय आफ्ना नानीहरूलाई किन सरकारीमा विद्यालयमा नपढाउने, सामुदायिक विद्यालयमा नपढाउने हामी भनिराख्दछौ’ उनले भने ‘तर, वास्तवमा निजी विद्यालयले सरकारी विद्यालयले भन्दा धानै नसक्ने राष्ट्रको ठुलो सङ्कटलाई समाधान गरेको कुरालाई हामीले बुझ्दैनौ ।’

उनले निजी विद्यालयका विद्यार्थी सरकारी विद्यालयका विद्यार्थी भन्दा प्रतिस्पर्धामा अब्बल देखिने बताए । ‘हाम्रा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी निजी विद्यालयका विद्यार्थी सँग भोलिका हरेक किसिमका कार्यक्रममा चाहे त्यो लोकसेवा आयोग होस, प्रहरी आयोग होस, शिक्षा आयोग होस कम्पटिसन गर्न सक्दैन, जहाँ पनि निजी विद्यालयका विद्यार्थीहरू अब्बल देखिन्छन्’ उनले भने ‘त्यसैले निजी विद्यालयको गुणस्तर उच्च होला भन्ने हामीले स्वीकार गर्न सक्नु पर्दछ ।’
उनले लोटस आई स्कुलले राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाएको बताए ।