खाेज्नुहाेस

नेपाल निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा खड्का निर्वाचित

Image

डोटी– नेपाल निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा अमर बहादुर खड्का निर्वाचित भएका छन । आईतबार सम्पन्न युनियनको १०औ जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन ।

२५१ जना मतदाता मध्ये निर्वाचनमा २२२ मत खसेको थियो । जसमा १२० मत प्राप्त गरि अध्यक्षमा खड्का निर्वाचीत भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी यज्ञ वहादुर रावलले ८८ मत प्राप्त गरेको निर्वाचन समीतिले जानकारी दिएको छ ।

attariya hospital
navjiwan hospital

अधिवेशनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको खुल्ला उपाध्यक्षमा सुमित्रा थापा मगर, महिला उपाध्यक्षमा राधिका सिंह ठकुरी, समावेशी उपाध्यक्षमा मदन नेपाली, सचिवमा महेन्द्र कुमार विष्ट, सह–सचिवमा चक्र वहादुर कलेल र कोषाध्यक्षमा लोक वहादुर खड्का रहेका छन् ।

यस्तै सदस्यहरुमा डमर वहादुर वोगटी, राजेन्द्र प्रसाद नौन्याल, पुष्कर राज जोशी, योगेन्द्र वहादुर शाही, दिपेन्द्र खड्का, मनिसा खड्का र शारती कुमारी धामी निर्वाचित भएको निर्वाचन समितिले बताएको छ ।

यसै विच केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा हिक्मत साउँद, लाल वहादुर वोगटी, तेज वहादुर खड्का, पुर्ण वहादुर खड्का, विद्या घिमीरे देउवा र दिर्घ सिं हमाल निर्वाचित हुँदा प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सुरज वम, कृष्ण वहादुर खड्का, राज वहादुर खड्का र गणेश वहादुर कठायत निर्वाचित भएका छन ।