धनगढी– राष्ट्रिय सभाको बैठक चल्दै गर्दा एक जना सांसद बैठकमै ढलेका छन । संघीय संसद् सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य भट्ट उच्च रक्तचापका कारण ढलेको बताईएको छ । उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आईतबारको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।

भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए । अहिले भट्टको संसद् भवनभित्रै उपचार भइरहेको छ ।
