धनगढी– नेपाली कांग्रेसका महामन्त्री गगन थापा सुदूरपश्चिम भ्रमणमा निस्किएका छन ।

बुधबार साँझ धनगढी पुगेका थापा सुदूरपश्चिमका धार्मिक स्थलको भ्रमणमा निस्किएका हुन । थापा पत्नी अन्जना केसी थापासहित दिनभर सुदूरपश्चिममा रहेका विभिन्न धार्मिक स्थजलहरुको हेलिकप्टरमार्फत भ्रमणमा निस्किएको बताईएको छ ।

उनले बडिमालिका, खप्तड, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारालगायतका शक्तिपिठमा दर्शन तथा भ्रमण गर्ने कार्यक्रम रहेको बताईएको छ । नेता थापा आजै बेलुका काठमाडौं फर्किने बताइएको छ ।