खाेज्नुहाेस

सुदूरपश्चिममा दलका नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने गरी ऐन संशोधन गरिदैं

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन प्रक्रिया अगाडि बढाएको छ। आन्तरिक मामिला मन्त्रालयले आर्थिक मामिला मन्त्रालयमा पठाउन लागेको प्रस्तावअनुसार एमाले र नागरिक उन्मुक्तिका नेता तथा प्रमुख सचेतकले गाडी, चालक, इन्धन र मर्मत खर्च पाउनेछन्।

navjiwan hospital

संसदीय दलको सुविधा थप गर्न खोजिएको यो प्रस्तावलाई विपक्षी दलहरूले सदनमा कडा विरोध गर्ने बताएका छन्।

attariya hospital

यस विषयमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ऐनमा ‘दलको’ र ‘दलका’ शब्दमा फरक भएकाले संशोधन गर्न लागेको बताउँदै यसबारे थप कुरा गर्न अस्वीकार गरे।

हाल, सत्तारूढ दलका प्रमुख सचेतक र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारबाट गाडी सुविधा पाउँदै आएका छन्, जुन विशिष्ट व्यक्तिका लागि खरिद गरिएको हो।