खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको निर्वाचन स्थगित

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।

navjiwan hospital

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचन गर्नेगरि तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको छ ।

attariya hospital

सचिवालयले पुनः अर्को सूचना जारी गरेर निर्वाचनको मिति तय गरिने बताएको छ ।

यसअघि प्रदेश सभा सचिवालयले १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम तय गरेको थियो ।