खाेज्नुहाेस

लेखराज भट्टको क्षेत्रमा एमालेलाई एक पछि अर्को झट्का

Image

अत्तरिया – नेकपा एमाले गोदावरीका ४६ जनाले राजीनामा दिएको विषय किनारा नलाग्दै फेरी २२५ जनाले पार्टी छोडेको चर्चा चलेको छ । एमाले सचिव समेत रहेका लेखराज भट्टको गृह पालिकामा ४६ जनाले राजीनामा दिएको विषयले राष्ट्रिय स्तरमै हलचल ल्याएका बेला पुनः २२५ जना सङ्गठित सदस्यले राजीनामा दिएको दाबी गरिएको छ । पछिल्लो पटक भीम रावललाई कारबाही गरिएपछि त्यसको असरका रूपमा सचिव भट्टको क्षेत्रबाट २२५ जनाले पार्टी छोडेको दाबी गरिएको छ ।

जसमा एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य हुँदै प्रदेशको मन्त्री समेत भइसकेका कृष्ण राज सुवेदी र उनको छोरा समेत रहेका गोदावरी नगर इन्चार्ज भीष्म सुवेदीलाई पार्टीले नै निष्कासित गरेको भए पनि उनले आफूसँगै २२५ जनालाई पार्टी परित्याग गराएको बताएका छन् । यस क्षेत्रमा एमालेको शक्तिशाली नेताका रूपमै चिनिँदै आएका सुवेदीले एमाले छोडेर भीम रावलको मातृभूमि जागरण अभियानमा जोडिएको घोषणा गर्दा आफू सँगै एमालेको ठुलो पंङ्ति पनि लगेको दाबी गरेका छन् । यद्यपि एमालेले भने त्यसको प्रतिकार गर्दै उनको परिवारका ५–७ जनाले मात्रै पार्टी छोडेको दाबी गर्दै विज्ञप्ति निकालेको छ । यद्यपि भीम रावलको पार्टीले आकार नलिँदै भएको यस किसिमको हलचलले आगामी दिनमा कुन रूप लिने भन्ने यकिन छैन ।

attariya hospital

हुन त केही दिन अघि लेखराज भट्टले नै पार्टी छोडेको प्रचार गरिएको थियो । उक्त प्रचारको तत्काल खण्डन गरिए पनि त्यसपछि पनि उनको क्षेत्रबाट पार्टीमा निरन्तर क्षयीकरण भइरहेको छ । एक महिनाको अवधिमा दुई समूहले पार्टी छोड्दा एमाले गोदावरी नगर कमिटीले विज्ञप्ति र सामाजिक सञ्जालमार्फत खण्डन गर्दै आएको भए पनि त्यसको अझै गम्भीर समीक्षा भने गरेको छैन । उल्टै पार्टी छोडेकाहरूको सङ्ख्या फरक परेको भन्दै खण्डन गरिँदै आएको छ ।

navjiwan hospital

पछिल्लो एक महिनाको अवधिमा दुई समूहले पार्टी छोड्दा दुवै समूहले दाबी गरेका सङ्ख्या गलत भएको भन्दै विज्ञप्ति मार्फत स्पष्टीकरण दिने गरिएको भए पनि किन एक पछि अर्को समूहले पार्टी छोड्दै छन् भन्ने समीक्षा गरिएको छैन ।
जसले गर्दा पार्टीबाट सांसद हुँदै मन्त्री भएका, नगरका इन्चार्ज सहित संगठिन सदस्यले पार्टी छोडेको दाबी गरिदा यसबाट गोदावरीमा एमाले झन् झन् कमजोर हुन थालेको चर्चा हुन थालेको छ । यस क्षेत्रबाट स्थानीय, प्रदेश, संघको निर्वाचनमा पराजित भएको एमालेमा एक पछि अर्को समूहले पार्टी छोड्दा आगामी चुनावमा यसको कस्तो असर पर्छ भन्ने चासो लिन थालिएको छ ।

तर, एमालेले भने सामूहिक रूपमा एमाले छाडेको घोषणा गर्ने समूहको मूल नेतृत्वलाई कमजोर बनाउने रणनीति लिएको देखिन्छ । पुस ११ गते ४६ जनाले एमाले छोडेको हस्ताक्षर सहितको राजीनामा पत्र सार्वजनिक हुँदा २ जनाले मात्रै एमाले छोडेको स्पष्टीकरण दिएको एमाले नगर कमिटीले माघ १२ गते २२५ जना सङ्गठित सदस्यले एमाले छोडेको दाबी सहितको लिस्ट सार्वजनिक हुँदा एमाले नगर कमिटीले ५–७ जनाले मात्रै छोडेको जनाएको छ ।

maya metro hospital

आइतबार (माघ १३ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले गोदावरी नगर कमिटीले पूर्व मन्त्री कृष्णराज सुवेदीले २२५ जनाले सामूहिक रूपमा एमाले परित्याग गरेको दाबी गलत रहेको बताएको छ । विज्ञप्तिमा सुवेदीका परिवारका केवल ५–७ जना सदस्यहरूले मात्र पार्टी परित्याग गरेको भन्दै भ्रममा नपर्न भनिएको छ ।

विज्ञप्तिमा सुवेदीको परिवारका सीमित सदस्यहरूले मात्र पार्टी छाडेको हुँदा सञ्चारमाध्यममा आएका समाचारलाई कपोलकल्पित भएको भनिएको छ । नगर कमिटी अध्यक्ष सन्तोष सिंह र सचिव विक्रम विष्टद्वारा जारी विज्ञप्तिमा भ्रामक समाचारमा नपर्न आग्रह गर्दै वास्तविक तथ्यलाई बुझ्न अनुरोध गरिएको छ । शनिवार (माघ १२ गते) पूर्व मन्त्री सुवेदीले पत्रकार सम्मेलन गर्दै २२५ जना सङ्गठित सदस्य सहित ३५८ जना नेता कार्यकर्ताहरू डा. भीम रावलको मातृभूमि जागरण अभियानमा सामेल भएको घोषणा गरेका थिए । गुटबन्दीकै कारण चुनावमा अपेक्षित नजिता नआएको विश्लेषण गरिँदै आएको परिपेक्षमा एक पछि अर्को समूहले पार्टी छोडेको घोषणा गर्दा यसले पार्टीलाई नराम्रो झट्का लागेको राजनीतिक वृत्तमा बहस हुन थालेको छ ।

Karma Consultancy