खाेज्नुहाेस

कृष्णराज सुवेदी परिवारका ५-७ जनाले मात्रै पार्टी छोडेका हुन : एमाले गोदावरी

Image

अत्तरिया – नेकपा एमाले गोदावरी नगर कमिटीले पूर्वमन्त्री कृष्णराज सुवेदीले २२५ जनाले सामूहिक रूपमा एमाले परित्याग गरेको दाबी गलत रहेको बताएको छ ।

navjiwan hospital

नगर कमिटीले विज्ञप्ति जारी गर्दै सुवेदीका परिवारका केवल ५-७ जना सदस्यहरूले मात्र पार्टी परित्याग गरेको भन्दै भ्रममा नपर्न भनिएको छ ।

attariya hospital

विज्ञप्तिमा सुवेदीको परिवारका सीमित सदस्यहरूले मात्र पार्टी छाडेको हुँदा सञ्चारमाध्यममा आएका समाचारलाई कपोलकल्पित भएको भनिएको छ। नगर कमिटीले यस्ता भ्रामक समाचारमा नपर्न आग्रह गर्दै वास्तविक तथ्यलाई बुझ्न अनुरोध गरेको छ।

हिजो मात्रै पूर्वमन्त्री सुवेदीसहित ३५८ जना नेताकार्यकर्ताहरूले पत्रकार सम्मेलनमार्फत एमाले छाडेर डा. भिम रावलको मातृभूमि जागरण अभियानमा सामेल भएको घोषणा गरेका थिए। सुवेदीले गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २५० संगठित सदस्यहरू र बाँकी शुभचिन्तकहरू अभियानमा सामेल भएको जानकारी दिएका थिए।