खाेज्नुहाेस

भिम रावलको मातृभुमी जागरण अभियानमा एमाले गोदावरी र गौरिगंगाका ३५८ जना समाहित

Image

अत्तरिया- एमालेको कारवाहिमा परेका डा. भिम रावलको मातृभुमी जागरण अभियानमा एमालेका नेताकार्यकर्ता थपिने क्रम जारी छ । शनिवार पनि उक्त अभियानमा कैलालिका साढे ३ सय नेता कार्यकर्ता थपिएका हुन ।

navjiwan hospital

केही दिन अघि एमाले कैलालिको कार्वाहिमा परेका पुर्व सामाजिक बिकास मन्त्री तथा एमालेका प्रदेश कमिटी सदस्य कृष्ण राज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदी सहित ३५८ जनाले डा. रावलको मातृभुमी जागरण अभियान रोजेका छन । प्रदेश कमिटी सदस्य सुबेदी सहितका नेताकार्यकर्ता ले पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले छाडेर रावलको अभियानमा जोडिएको जानकारी दिएका हुन ।

attariya hospital

उक्त अभियानमा कैलालिको गोदावरी र गौरिगंगा नगरपालिकाका करिव ढाइ सय संगठित सदस्य र बाकी एमालेका शुभचिन्तकहरु जोडिएको सुबेदीले बताएका छन ।